नेपाल फिफा वरियतामा ५ स्थान तल खस्कियो, अहिले १ सय ६४ औ स्थानमा

नेपाल फिफा वरियतामा नेपाल ५ स्थान तल खस्किएको छ। विश्व फुटवलको सर्वोच्च संस्था फिफाले जुन महिनाको वरियता सार्वजनिक गर्दा नेपाल आफ्नो वरियतामा ओरालो लागेको हो।
यसअघिको १ सय १५९ औं स्थानमा रहको नेपाल ५ स्थान तल झर्दै १ सय ६४ औ स्थानमा पुगेको हो।
दक्षिण एसियामा अफगानिस्तान सबैभन्दा माथि १३० औ स्थानमा छ। अफगानिस्तान पनि अघिल्लो महिनाको तुलनामा २ स्थान खस्केको हो। दक्षिण एसियाको बरियातामा दोस्रो स्थानमा उक्लेको माल्दिभ्स आफूलाई ६ स्थान सुधार गर्दै १४७औ स्थानमा पुगेको छ। त्यस्तै भारत सात स्थान तल झर्द १५४, ५ स्थान तल झर्दै नेपालसँगै समान पाकिस्तान १६४औ स्थानमा झरेको छ। नेपाल भन्दा पछाडि रहेको बंगलादेश १६७, श्रीलंका १७० र भुटान २०७औ स्थानमा रहेका छन् ।
नयाँ वरियताक्रममा विश्व विजेता स्पेनसँगै जर्मनी पहिलो र दोस्रोमा यथावत रहँदा आयोजक राष्ट्र ब्राजिल पोर्चुगललाई चौथोमा धकेल्दै तेस्रो स्थानमा उक्लिएको छ।
त्यस्तै विश्वकपमा दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना दुई स्थान माथि उक्लदै पाँचौ स्थान उक्लदा समान दुई स्थान फड्को मार्दै स्विटजर्लयाण छैटौं स्थानमा आएको छ। सातौ स्थानमा उरुग्वे, आठौंमा कोलम्बिया परेका छन्। इटली पुरानै नवौ स्थानमा रहेको छ भने इंगल्याण्ड एक स्थानमाथि उक्लदै शीर्ष दशमा अटाएको छ।
एजेन्सी
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७१