LIVE: भव्य उद्घाटन समारोहका बिच विश्वकप फुटबल ब्राजिलमा सुरु


 


 

LIVE: जेष्ठ २९ । भव्य समारोहका साथ विश्वकप फुटबलको २० औं संस्करण आजबाट ब्राजिलमा सुरु भएको छ। विश्व फुटबलका सर्वकालिन महान हस्ती पेलेको देशमा हुने विश्वकपका लागि विश्वका ३२ राष्ट्रका ७ सय ३६ खेलाडी ब्राजिल पुगीसकेका छन् ।



आज राती हुने भव्य उद्घाटन समारोहपछि नेपाली समय अनुसार पौने २ बजे आयोजक ब्राजिल र क्रोएशियाले पहिलो खेल खेल्नेछन् । यो खेललाई ल्याटिन अमेरीकन टेक्निक र युरोपीयन पावरको भिडन्तको रुपमा हेरीएको छ ।



पहिलो समुहमा ब्राजिल र क्रोएशीयासँगै मेक्सिको र क्यामरुन पनि रहेका छन् । ब्राजिलका १२ वटा रंगशालामा ३३ दिनसम्म हुने फुटबल महाकुम्भको लागि ब्राजीलीयन शहरहरु तम्तयार छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र उसका एशोसीएट संघहरुमा भ्रष्टाचार बढेको भन्दै कटु आलोचना भईरहेको बेला हुन लागेको विश्वकप फुटबलले विश्वलाई नैं खेलमय बनाएको छ ।



यो विश्वकपलाई लियोनल मेसी, क्रिश्चियानो रोनाल्डो, स्टेभेन जेरार्ड लगायतका विश्वका चर्चित खेलाडीहरुको लागि अवसरको रुपमा हेरीएको छ । क्लवस्तरीय फुटबलमा पछिल्लो एक दशक निकै सफल यी खेलाडीहरुले आप्mनो देशका लागि भने विश्वकपमा हालसम्म खासै उत्साहजनक प्रदर्शन गर्न सकेका छैनन् । अघिल्लो विश्वकपको विजेता टोली स्पेनको स्वर्णीम पुस्ताको लागि पनि यो विश्वकप अन्तिम अवसरको रुपमा हेरीएको छ ।



विश्वकप फूटबल २०१४ (ब्राजिल) को खेल तालिका






































सहभागी राष्ट्रहरु 


समूह ए


क्रोसियामेक्सिको क्यामरुन र ब्राजिल


समूह बी


नेदरल्यान्ड्स स्पेनचिली र अस्ट्रेलिया


समूह सी


कोलम्बियाग्रिसआइभोरी कोस्ट र जापान


समूह डी


उरुग्वेकोस्टारिकाइङल्यान्ड र इटाली


समूह ई


स्विट्जरल्यान्डइक्वेडरफ्रान्स र होन्डुरस


समूह एफ


अर्जेन्टिना,बोस्निया हर्जगोभिनाइरान र नाइजेरिया


समूह जी


जर्मनीपोर्चुगलघाना र अमेरिका


समूह एच


बेल्जियमअल्जेरिया रुस र दक्षिण कोरिया


विश्वकप खेल तालिका


समय


जेठ २९ गते


ब्राजिलविर&#23