विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिल विजयी

विश्वकप फुटबलको पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिलले विजयी सुरुआत गरेको छ। स्थानीय साओ पाउलो रंगशालामा एक भब्य समारोहबीच भएको उद्घाटन खेलमा ब्राजिलले क्रोएसियामाथि ३-१ गोल अन्तरको जित दर्ता गर्दै समूहमा विजयी सुरुआत गरेको हो।
मध्यान्तरसम्म दुबैको एक एक गोल गरेको खेलमा ७१औ मिनेटमा फेरि नेयमारले ननै गोल गर्दै टोलीलाई २-१ गोल अन्तरमा अगाडि बढाए। पेनाल्टीमार्फत नेयमारले दोस्रो गोल गरेका हुन्। यस्तै खेलको अन्त्यमा ओस्कारले गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे।
यसअघि खेलको ११औ मिनेटमा ब्राजिलका मार्सेलोको आत्मघाती गोल उपहार पाएको क्रोएसियाले अग्रता लिएको थियो।  पुरै खेल नियन्त्रणमा लिएको ब्राजिललाई बराबरी गोल फर्काउन धेरै समय कुर्नु परेन।
खेलको २९औ मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याएका हुन्।
ब्राजिलका लागि ५०औ क्याप खेलिरहेका नेयमारको यो ३३ औ अन्तर्राष्ट्रिय गोल हो। २२ वर्षीया उनी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्छन्।
खेलमा ब्राजिली खेलाडीहरु आक्रामक खेलिरहेकाले क्रोएसिया रक्षात्मक खेल खेलिरहेको छ।
विश्वकप फूटबल २०१४ (ब्राजिल) को खेल तालिका

सहभागी राष्ट्रहरु 

समूह ए

क्रोसियामेक्सिको क्यामरुन  1 र ब्राजिल 3

समूह बी

नेदरल्यान्ड्स स्पेनचिली र अस्ट्रेलिया

समूह सी

कोलम्बियाग्रिसआइभोरी कोस्ट र जापान

समूह डी

उरुग्वेकोस्टारिकाइङल्यान्ड र इटाली

समूह ई

स्विट्जरल्यान्डइक्वेडरफ्रान्स र होन्डुरस

समूह एफ

अर्जेन्टिना,बोस्निया हर्जगोभिनाइरान र नाइजेरिया

समूह जी

जर्मनीपोर्चुगलघाना र अमेरिका

समूह एच

बेल्जियमअल्जेरिया रुस र दक्षिण कोरिया

विश्वकप खेल तालिका

समय

जेठ २९ गते

ब्राजिलविरुद्ध क्रोएसिया

Arghakhanchi Media House Private Limited

Nagarjun – 3, Near Radha Krishna Mandir
Dhungedhara, Kathmandu, Nepal
Phone:- 01- 4881071 Fax:- 01- 4881071
Mobile:- 00977- 9857061416
Admin: info@arghakhanchi.com
News: news@arghakhanchi.com

Pages
संस्थापक / संचालक मेहर सिंह के.सी.
सम्पादक सन्तोष कुमार के.सी.

विज्ञापनका लागि सम्पर्क advertising@arghakhanchi.com