नेदरल्याण्डले विश्वकप २०१४ मा विजयी सुरुआत गरेको छ।
डिफेन्डिङ च्याम्पियन स्पेनललाई एक गोलले पछाडि रहेको स्थिति उल्टाएर अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हारको मीठो बदला लिएको छ।
उपाधिको बलियो दाबेदार मानिएको स्पेनलाई ब्राजिलको साल्भाडोरस्थित एरिना फोन्टे नोभा रंगशालामा डच टोलीले ५-१ गोल अन्तरमा हराउँदै विश्वकपमा आफ्नो उत्कृष्ट दाबेदारी प्रस्तुत गरेको हो।
अघिल्लो संस्करणको फाइनलमा स्पेनसँग हार्दै उपाधि विहिन यात्रालाई निरन्तरता दिएको नेदरल्यान्ड्स उक्त हारको बदला लिने क्रममा रोबीन भानपर्सी र आर्जेन रोबिनले २-२ तथा स्टेफेन डे भिर्जले १ गोल गरेका छन्।
खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीमा ओलेन्सोले गरेको गोलले नेदरल्याण्डविरुद्धका खेलमा अग्रता लिएको स्पेनी टोलीको खुशी धेरै बेर टिक्न पाएन। पहिलो हाफ सकिन एक मिनेट मात्र बाँकी रहँदा नेदरल्याण्डसका कप्तान रोबिन भान पर्सीले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई बराबरीको स्थितिमा ल्याए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा स्पेनी टोलीलाई दबाबमा राखेको डच टोलीले खेलको ५३औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो। आर्जेन रोबिनले गरेको गोलको ११ मिनेट पछि उत्कृष्ट लयमा रहेका स्टेफेन डे भर्जीले गोल गर्दै डच टोलीको अग्रतालाई दोब्बर पारे।
यस्तै खेलको ७२औ मिनेटमा कप्तान रोबिन भानपर्सीले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता ४-१ पुगेको थियो।
खेल सकिन १० मिनेट बाँकी छँदा लयमा रहेका आर्जेन रोबीनले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे।
विश्वकप फूटबल २०१४ (ब्राजिल) को खेल तालिका
|
सहभागी राष्ट्रहरु
|
|
समूह ए
|
क्रोसिया, मेक्सिको , क्यामरुन 1 र ब्राजिल 3
|
|
समूह बी
|
नेदरल्यान्ड्स 5, स्पेन 1, चिली र अस्ट्रेलिया
|
|
समूह सी
|
कोलम्बिया, ग्रिस, आइभोरी कोस्ट र जापान
|
|
समूह डी
|
उरुग्वे, कोस्टारिका, इङल्यान्ड र इटाली
|
|
समूह ई
|
स्विट्जरल्यान्ड, इक्वेडर, फ्रान्स र होन्डुरस
|
|
समूह एफ
|
अर्जेन्टिना,बोस्निया हर्जगोभिना, इरान र नाइजेरिया
|
|
समूह जी
|
जर्मनी, पोर्चुगल, घाना र अमेरिका
|
|
समूह एच
|
बेल्जियम, अल्जेरिया , रुस र दक्षिण कोरिया
|
|
|