काठमाडौंमा गीताञ्जली राग उत्सव कार्यक्रम आयोजना

काठमाडौं, जेष्ठ ३१ । काठमाडौंको नयाँ बजारस्थित गीताञ्जली उच्चमाद्यामिक विद्यालयले शनिबार गीताञ्जली राग उत्सव कार्यक्रम आयोजना गर्‍यो ।
शास्त्रीय संगीतको विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा संगीतका विभिन्न राग प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न कलाकेन्द्रका विद्यार्थीहरुले शास्त्रीय राग प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा शास्त्रीय संगीतज्ञहरु धनबहादुर गोपाली, प्रभुराज ढकाल, भविन ढुंगानालाई सम्मान गरियो । यस विद्यालय संगीत संकाय पढाई हुने उपत्यकाको पहिलो उच्च माद्यामिक विद्यालय भएको बताईएको छ । IMAGEKHBAR