विश्वकप फुटबल अन्तर्गत समूह जीको पहिलो खेलमा जर्मनीले पोर्चुगललाई हरायो

विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा जर्मनीले पोर्चुगललाई हरायो।
ब्राजिलको एरेना फान्टे नोभा रंगशालामा भएको खेलमा १० खेलाडीमा सिमित पोर्चुगलमाथि जर्मनीले ४-०ले प्रभावशाली जित दर्ता गरेको हो।
जर्मनीका लागि खेलको १२औ मिनेटमा थोमस मुलेरले पेनान्टीमार्फत गोल गर्दै खेलमा अग्रता दिलाएका थिए।  यस्तै खेलको ३२औ मिनेटमा माट्स ह्युमेलले आकर्षक हेड गोल गर्दै टिमको अग्रता दोब्बर पारे।
खेलको ३७औ मिनेटमा पेपेले रातो कार्ड खाएर मैदान बाहिरिएपछि १० खेलाडीमा सिमित पोर्चुगल थप दबाबमा पर्‍यो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा थोमसले आकर्षक गोल गर्दै टिमलाई ३-० को स्पष्ट अग्रता दिलाएका।
मध्यान्तरसम्म ३-० ले पछि परेको पोर्चुगल मध्यान्तरपछि केही सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न भने सकेन।
खेलको ७८ औ मिनेटमा थोमसले यो विश्वकपको पहिलो ह्याट्रिक पुरा गर्दा पोर्चुगल ४-० ले पछि परेको थियो। अन्ततः खेलमा थप गोल भएन र खेल जर्मनीले ४-० गोलले आफ्नो कब्जामा पार्‍यो। 
प्रकाशित मिति: सोमबार, आषाढ २, २०७१