असार ३ गते, काठमाण्डौं । दोश्रो युनिभरसिटी चेस च्याम्पियनसीपमा गोल्डेनगेट इन्टरनेशनल कलेजका हिमाल लामा र काठमाण्डौं इन्जिनियरिङ्ग कलेजका क्षितिज भण्डारी समान साढे ४ अंकका साथ संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । मंगलबार सम्पन्न चौथौं चरणका खेलमा हिमालले त्रिचन्द्र क्याम्पसका विक्रमध्वज श्रेष्ठ, सुरजले विश्व निकेतनका आशिष फुँयाल र क्षितिजले पुल्चोक क्याम्पसका आशिष आचार्यलाई माथ गरेका थिए । त्यस्तै पाँचौंमा हिमाल र क्षितिजबीचको खेल बराबरी भयो भने सुरजले र पशुपति क्याम्पसका सुमन राईसित बराबरी खेलेका थिए ।
विश्वविद्यालय खेलकुद संघ नेपाल (युसान)द्धारा आयोजित टुर्नामेन्टमा सुरज, आशिष, विक्रमध्वज, ब्राइट पmयुचर कलेजका रंजित राई, क्याथफोर्डका सूर्यसन प्रजापति र गोल्डेनगेटका सौरभ प्रधानले ४ अंक प्राप्त गरेका छन् ।
नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा साउथ वेस्टर्न स्टेट कलेज बसुन्धरामा संचालित चारदिने टुर्नामेन्टमा ५ विश्वविद्यालयमा आबद्ध २६ वटा कलेजका ५३ जना खेलाडीहरु सहभागी छन् ।
भोलि बुधबार विहान ९ः०० बजे छैटौं र मध्यान्ह १२ः३० बजे फाइनल चरणका खेलहरु हुनेछन् । त्यस्तै ४ः०० बजे राखेपका सदस्यसचिव युवराज लामाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण तथा समापन कार्यक्रम हुनेछ ।