लगातार दुई हार बेहोरेको इंग्ल्याण्ड पहिलो चरणबाटै बाहिरियो

आषाढ ६ । ब्राजिल विश्वकपमा पूर्व विजेताहरुको खराब प्रदर्शन जारी रहँदा इंग्ल्याण्ड पनि त्यसबाट अछुतो हुन सकेको छैन । लगातार दुई हार बेहोरेको इंग्ल्याण्ड पहिलो चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।
पहिलो खेलमा इटालीसँग २-१ ले पराजित भएको इंग्ल्याण्ड दोस्रो खेलमा गएराति उरुग्वेसँग पनि २-१ ले नै पराजित हुन पुग्यो । लुइस सुवारेजले उत्कृष्ट खेल पस्कँदै दुबै गोल गरेपछि इंग्ल्याण्ड स्तब्ध भएको हो ।
३९औं मिनेटमा पहिलो गोल गरेका सुवारेजले ८५औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि खेलको ७५औं मिनेटमा वाइने रुनीले इंग्ल्याण्डलाई बराबरीमा ल्याएका थिए ।
यो खेलसँगै समूह