काठमाडौं, आषाढ ८ । आज ललितपुरको जावलाखेलमा उपत्यकाकै प्रसिद्ध रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा मनाइएको छ। साँझ देखाइने ऐतिहासिक भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री गणदेखि उच्चपदस्थ अधिकारीहरु सामेल थिए।
बहुमूल्य मणिमाणिक्य आदि वस्तु जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने लोककथन छ । उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जाउलाखेल पुगेको चौथो दिन दर्शनार्थीका बीचमा देखाउने चलन छ ।
पानेजुहरुको जिम्मामा रहेको कपडाको थैलीमा सिलबन्दी गरी राखिने भोटो सबैका सामु सिल्ड हेरी जाँची मुचुल्कापछि सिल्ड तोडेर देखाइन्छ । रथबाट चारै दिशामा तीन