पोर्चुगलले आफ्नो दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेपछि अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेको छ।
सोमबार बिहान अमेरिकालाई पोर्चुगलले २-२ गोलको बराबरीमा रोकेको हो। खेलमा२-१ ले पछि परेको अवस्थामा खेल सकिन केही सेकेन्ड बाँकी छँदा पोर्चुगलका लागि भरेलाले गोल गर्दै अमेरिकासँग अंक खोसेका थिए।
क्रिष्टियानो रोनाल्डोले दिएको क्रममा हेडमार्फत गोल गर्दै भरेलाले पोर्चुगललाई आजकै खेलबाट बाहिरिनबाट जोगाएका हुन्।
यसअघि अग्रता भने पोर्चुगलले खेलको ५ औं मिनेटमा नानीको गोलबाट लिएको थियो। पहिलो हाफ १-० ले अगाडि बढीरहेको पोर्चुगल दोस्रो हाफमा केही कमजोर देखियो । अमेरिकाले खेलको ६४औ मिनेटमा बराबरी गोल फर्काएको थियो।
अमेरिकाको लागि जर्मनी जोन्सले आकर्शक गोल गर्दै खेललाई बराबरीमा ल्याए। यस्तै ८१ औं मिनेटमा क्लिन्ट डेम्म्सेले गोल गर्दै अमेरिकालाई महत्वपूर्ण अग्रदा दिलाएका थिए। खेल सकिनै लाग्दा भरेलको गोलबाट पोर्चुगलले बराबरी गरेको हो।
पोर्चुगलविरुद्ध जित हात पारेको भए अमेरिकाको दोस्रो स्थान यात्रा पक्का हुने थियो । बराबरीका कारण अमेरिकाले दोस्रो चरण यात्राको लागि तेस्रो खेलसम्म कुर्नुपर्नेछ ।
एक जित र एक बराबरी खेलेको अमेरिका समूहको दोस्रो स्थानमा छ । समान ४ अंक भएको जर्मनी गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ । पोर्चुगल र घानाको समान १-१ अंक छ।
अमेरिकाले समूह चरणको तेस्रो खेल जर्मनीसँग खेल्दैछ । पोर्चुगलले घानासँग खेल्नेछ ।
SETO PATI
प्रकाशित मिति: सोमबार, आषाढ ९, २०७१