ब्राजिल, मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

ब्राजिल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ । मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा क्यामरुनलाई ४-१ गोल अन्तरले हराउँदै समूह ए को विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हाे ।
ब्राजिलको जितमा नेयमार चम्किएका थिए ।
क्यामरुनविरुद्धको खेलमा ब्राजिलका नेयमारले १७ औं,३४ अाै‌ मिनेटमा गाेल गरेका थिए । ४९ औं मिनेटमा फ्रेड र ८४ औं मिनेटमा फर्नाडिन्होले गोल हानेका थिए । क्यामरुन २६ औं मिनेटमा मटिपले सान्त्वना गाेल गरे ।
साथै मेक्सिको पनि  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेकाे छ । मेक्सिकाेले  क्रोएसियालाई ३-१ ले हराएको  थियाे ।
मेक्सिकोको समान ७ अंक भएपनि गोल अन्तरका आधारमा उ समूह उपविजेता बनेकाे हाे ।  ब्राजिलले  अब समूह बीको उपविजेता चिलीसँग खेल्नेछ । समूह बीको अन्तिम खेलमा चिलीलाई २- ० ले पराजित गर्दै नेदरल्याण्ड समूह विजेता बनेको उसले अब समूह बीको उपविजेता मेक्सिकोसँग खेल्नेछ ।
यसैबीच नेदरल्याण्ड्सले  र चिलीसँग हारेर प्रतियोगिताको प्रि क्वाटर फाइनल पुग्ने संभावना सकाएको स्पेनले आफ्नो अन्तिम खेलमा सोमबार राती अष्ट्रेलियालाई ३-० हराएकाे छ ।
AGENCIES,SETOPATI
 
प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०७१