असार १४ – बलिउडका लोकप्रिय नायक सलमान खान नयाँ व्हीलको ब्रान्ड एम्बास्डर बनेका छन् । यस ब्रान्डसँग सम्बन्धित सम्पूर्ण प्रवर्द्धनात्मक गतिविधिमा पनि सलमान प्रत्यक्ष रूपमा जोडिएका छन् ।
सलमानद्वारा अभिनीत विज्ञापनमा उनले नयाँ व्हीलले धुँदा कपडा सफाइका साथै बास्ना पनि दिने बताएका छन् । नयाँ व्हीलको उक्त विज्ञापनले यतिबेला नेपाली मिडियामा आफ्नो जादू छरिरहेको छ ।
यस अवसरमा सल्लुले आफ्ना नेपाली फ्यानहरूका लागि विशेष सन्देश दिने क्रममा भनेका छन्, व्हील ब्रान्डसँग आबद्ध भएर आफ्ना नेपाली फ्यानहरूसँग नजिकिने मौका पाउँदा म ज्यादै खुसी छु । AGENCIES
प्रकाशित मिति: २०७१ असार १४