विश्वकप फुटबलको दोस्रो चरणको खेलमा शनिबार राति कोलम्बियाले उरुग्वेलाई २-० ले हराएको छ।
कोलम्बियाका लागि दुवै गोल जेम्स रोड्रिगेजले गरेका थिए। उनले २८ र ५० मिनेटमा गरेको गोलले कोलम्बियालाई २-० को अग्रता दिलाएको हो।
अब क्वार्टरफाइनलमा ब्राजिल र कोलम्बिया भिड्नेछन्। स्ट्राइकर लुइस स्वारेजको अनुपस्थितिमा उरुग्वेको प्रदर्शन खासै फिका नभए पनि उसले कुनै स्कोर गर्न सकेन।