कोलम्बियालाई हराउँदै ब्राजिल सेमिफाइनलमा – अब ब्राजिल र जर्मनि मुकाविला गर्ने

ब्राजिल- कोलम्बियालाई हराउँदै आयोजक ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गर्दै पाँच पटकको विश्‍वकप विजेता ब्राजिलले सेमिफाइनल यात्रा सुरक्षित गरेको हो।
ब्राजिलका लागि ७औं मिनेटमै कप्तान सिल्भाले गोल गर्दै अग्रता दिलाए। ६९औं मिनेटमा डेभिड लुइसले फ्रिककबाट आकर्षक गोल गर्दै टिमलाई २-० गोलले अग्रता दिलाए। डिबक्स बाहिर पाएको फ्रिकिकलाई लुइसले गोलमा परिणत गरेका थिए।
कोलम्बियाका लागि सन्त्वाना गोल जेम्स रोड्रिग्वेजले गरे। ८०औं मिनेटमा पाएको पेनाल्टीलाई जेम्सले गोलमा परिणत गरेका थिए। यो गोलसँगै जारी विश्वकपमा उनले आफ्नो नाममा छैटौं गोल दर्ता गराएका छन।
ब्राजिलले सेमिफाइनलमा जर्मनिसँग खेल्नेछ। यसअघिको खेलमा जर्मनीले फ्रान्सलाई १-० गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो।