मुजु- दक्षिण कोरियाको मुजुमा भएको आठौं ‘वर्ल्ड तेक्वान्दो कल्चर एक्पो २०१४’मा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य सहित ११ पदक जितेको छ। एक्पोमा सोमबार सम्पन्न तेक्वान्दो च्याम्पियनशिपमा बालिकाहरु बसन्ती बोहरा र मिस्मा कुमारी छन्त्याल तथा टिम कोच अशोक खड्काले स्वर्ण पदक पाउन सफल भएका हुन्।
फाइनलमा बसन्ती बोहराले भारतलाई, अशोक खडकाले चीनलाई र मिस्मा कुमारी छन्त्यालले साउदी अरबलाई पराजीत गरेका हुन्।
रजत विजेताहरुमा पुम्सेतर्फ तेज बहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री, ईश्वरी थापा, ग्यारोगीतर्फ तेज बहादुर बुढाथोकी र शिशिर लिम्बु रहेका छन्। खेलमा कास्यपदक पाउनेमा पुम्सेतर्फ शिशिर लिम्बु, विशाल गुरुङ तथा ग्यारोगीमा अशोक खडका रहेका छन्।
नेपाली खेलाडीले पुम्से र ग्यारोगी दुई विधामा प्रतिस्पर्धा गरेका थिए। जसमा पुम्से विधामा ३ स्वर्ण, ३ रजत २ कास्य, यसैगरी ग्यारोगीमा २ रजत र १ कास्य प्राप्त गरेका हुन्।
खड्काको नेतृत्वमा रक्षा नेपालमा आश्रित हिंसा पिडित ७ बालबालिका एक्पोमा सहभागि थिए। नेपाली खेल ईतिहासमा पहिलो पटक यौंनजन्य हिंसा पिडितले सहभागिता जनाएको हो। जुलाई २ देखि ७ सम्मको एक्पोमा २५ देशका खेलाडीहरु सहभागि रहेका छन्। जसमा नेपाल, भारत, जापान, चीन, थाइल्याण्ड, काजकिस्तान, फिलिपिन्स, साउदी अरविया, मलेसिया, पाकिस्तान, हङकङ, मकाउ, रसिया, बेलायत, अमेरिका, क्यानडा, ब्राजिल, फ्रान्स, बेल्जियम, अल्जेरिया, आईभरीकोष्ट, अष्ट्रेलिया, फिन्ल्यान्ड, कोरिया छन्।
विश्व तेक्वान्दो एक्पोमा पुम्से सेमिनार, ग्यारोगी सेमिनार, सेल्फ डिफेन्स सेमिनार, तेक्वान्दो सेमिनार भएको टिम प्रशिक्षक अशोक खड्काले नागरिकलाई बताए। मंगलबारको कार्यक्रम जिन्जु हानोक भिलेजको भ्रमण गर्ने रहेको पनि उनले जानकारी दिए।
जानकारी । तपाईंका समाचार सामाग्री, सुझाव व अन्य केही भए हामीलाई umakantapandey@sandhikharka.com मा ईमेल गरी पठाउन सक्न्नुहुनेछ । – अर्घाखाँची डट्कम