काठमाडौं, श्रावण २५ । नेपाली सिनेमा क्षेत्रका नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । स्वास्थ्यमा गम्भीर समस्या भएपछि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको गएराति निधन भएको हो ।
नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। उनको शव भोलि नयाँ दिल्लीबाट काठमाडौं ल्याएर अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा रख्ने व्यवस्था मिलाइएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताले उनको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने बताए। ‘त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलदेखि प्रज्ञा प्रतिष्ठानसम्म गाडीमा राखेर शव घुमाइनेछ’, चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताले भने, ‘मन्त्रालय सरकारी सम्मानका साथ अन्त्येष्टि गर्न निर्देशन दिएको छ। हामी तयारी गर्दैछौं।’
छोराको मुहार हेर्ने आमाको इच्छा
श्रीकृष्ण मृत्युको खबरपछि दाजु सहित तीन आफन्त आज बिहान नयाँ दिल्ली गएका छन्। पत्नी श्वेता र दाजु मीनकृष्ण पहिलैदेखि दिल्लीमै छन्।
छोराको मुहार अन्तिम पटक हेर्ने आमाको इच्छा भएकाले उनको शव काठमाडौं ल्याइन लागिएको निर्देशक आकाश अधिकारीले बताए। अधिकारी श्रीकृष्णको अन्तिम फिल्म कोहिनुरका निर्देशक हुन्। कोहिनुर अहिले प्रदर्शनमा छ। ‘छोराको मुहार अन्तिम पटक हेर्ने आमाले इच्छा व्यक्त गर्नु भएको छ’, अधिकारीले भने, ‘आमाको इच्छा पूरा गर्न उनको शव ल्याइँदैछ।’ श्रीकृष्णकी ८६ बर्षीय आमा छिन्। यसअघि उनको भारतमै अन्त्येष्टि गर्ने चर्चा चलेको थियो।
नायिका स्वेता खड्कासंग विवाह गरे लगत्तै असार २७ गते दिल्लीको एपोलो अस्पताल भर्ना भएका अभिनेता श्रेष्ठको डीप निमोनियासँगै फोक्सोमा पानी जमेको बताइएको थियो । २०४५ सालमा