जनै पूर्णिमाको अवसरमा गोसाइकुण्ड र जनकपुरमा भव्य मेला

जनकपुर,श्रावण २५ । जनै पूर्णिमाको अवसरमा आज रसुवाको गोसाईकुण्डमा मेला लागेको छ । भगवान् शिवशंकरको वासस्थानको रूपमा हिमालयको काखमा रहेको गोसाइकुण्डमा स्नान गर्नाले धर्म प्रप्ति हुने जनविश्वास छ ।
समुन्द्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाइँकुण्डको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर छ । गोसाईकुण्डमा मेला भर्न देश विदेशबाट दर्शनार्थीहरु पुगेका छन् ।
यता, भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन मिथिलाञ्चल क्षेत्रमा पनि धूमधामले मनाइदै छ । प्राचीनकालमा ऋषि र पुरोहितहरुले यज्ञ पश्चात यजमानहरुलाई रक्षा सूत्र बाँध्ने परम्परा अनुसार आज पुरोहितहरुले यजमानलाई रक्षा सूत्र बाँधेपछि यजमानहरुले यथाशक्ति दक्षिणा दिने परम्परा छ ।
जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको ठूलो भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनीले आफना दाजु भाईलाई राखी बाँधिदिने परम्परा पनि छ ।
महाभारत कालमा भगवान कृष्णको औला काट्दा द्रौपदीले आफ्नो साडी च्यातेर कृष्णको औलामा बाँधेपछि कृृष्णले द्रौपदीलाई उनको रक्षा गर्ने बाचा गरेको पौराणिक कथन छ । यस दिन विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीका कामबारे कृषकलाई जानकारी दिने भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । IMAGEKHABAR