नेपाली ख्याती प्राप्त सुपरस्टार नायक श्रीकृष्ण श्रेष्ठको दिल्लीमा निधन

बाबु रोका मगर 



दिल्ली हरियाणा  |  कलाका धनी नायक श्री कृष्ण श्रेष्ठ ले अग्नी लाई साक्षी राखी असार २३ गते नायिका श्वेता खड्का सँग जिन्दगीभर साथ दिने अटुट वाचा गरेका थिए तर त्यसको उल्टो भईदियो | बिहे पछी हनिमुन मनाउन भारत को जम्मु,शिम्ला लगायत बिभिन्न स्थानमा आफ्नी जीवन सङिनीलाई लिएर निस्किएका नायक आज उनको प्रार्थीव शरीर मात्र नेपाल फर्कने छ |  

 


दिल्लीमा नायक श्रीकृष्णका दाजुहरु ।

 

नायक श्री कृष्ण लाई शिम्लामा हुँदाखेरी नै पहिले खोकी लागेको र पछी एक्कासी ज्वरो आएको त्यसपछी तुरुन्त दिल्ली स्थित श्री गंगाराम अस्पताल मा जुलाई १७ गते भर्ना गरिएको र राम्रो सँग ठीक नभएको हुनाले हिजो सम्म अस्पातलमा नै राख्नु परेको थियो श्री कृष्ण डा. निरज जैन को निगरानी मा थिए उनलाई डिप निमोनिया भएको थियो भने उनको उपचारको क्रममा नौ अगस्त को राती करीव पौने एघार बजे निधन भएको नायक का दुई दाजुहरुले मिडिया लाई बताउनु भयो | दाजुहरु भक्कानीदै भन्नु भयो हामीलाई यसरी अचानक छोडेर यो संसार बाट बिदा लियो भाईले, फेरीपनी मेरो भाई यही अस्पातल को बेडमा स-कुशल सुती रहेको जस्तो लागि रहेको छ | 



आजकै दिन हिन्दूहरुको महान चाड( राखी) रक्षा बन्धन भएको हुनाले कागाजी कार्वाइमा ढिला भएको अस्पतालका कर्मचारीहरु ले बताए |  



श्री कृष्ण को सब लाई नेपाल ल्याउने प्रकृया भने ढिला भईरहेको र नेपाल सरकार बाट कसैले पनि पहल नगरेको गुनासो आएको छ | निधन भएको २४ घण्टा सम्मपनी अस्पातल मा बोडी लाई राखी रहनु पर्दा किन र केका लागि यतिबेला सम्म राखिएको हो यसबारे दिल्ली मा भएका मै हुँँ भन्ने कुनै संघ संस्था का नेताहरुले बुझ्न अनी सहयोग गर्न सकेका छैनन? प्रश्न उब्जिन थालेको छ | सुपर स्टार कलाकार श्री कृष्ण को शब लाई छिटो भन्दा छिटो नेपाल ल्याउनु पर्ने तर यती बेला सम्म कुनै निकाय बाट सहयोग न आउँदा बेवारीसे लास जस्तो भएको मिडियाले बुझेको छ | के यही हो त कलाकारहरु प्रती गरिने सम्मान?