नेपाली सिनेमाका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ श्रेष्ठको अन्त्येष्टी

काठमाडौं, श्रावण २६ । गएराति भारतको नयाँदिल्लीमा निधन भएका नेपाली सिनेमाका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आज काठमाडौं ल्याइदैछ । उनको पार्थिव शरीर करीब २ बजे काठमाडौं ल्याइने जनाइएको छ ।
श्रेष्ठको पार्थिव शरीरलाई नेपाल ल्याएपछि श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राखिने चलचित्र विकास वोर्डले जनाएको छ । त्यसअघि विमानस्थलदेखि बानेश्वर, सिंहदरवार हुँदै कमलादीस्थित प्रज्ञा भवनसम्म शव यात्रा गरिने छ ।
सरकारी सम्मानका साथ श्रेष्ठको अन्त्येष्टी गरिने पनि विकास बोर्डले जनाएको छ । नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा उपचारका क्रममा श्रेष्ठको शनिवार राति निधन भएको हो । गत असार २३ मा नायिका श्वेता खड्कासंग विवाह बन्धनमा बाँधिएलगत्तै हनीमुनका लागि भन्दै भारततर्पm गएका श्रेष्ठको निमोनिया बल्झिएपछि उपचारका लागि एपोलो अस्पतालमा भर्ना भएका थिए ।
२०४५ सालमा