एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले सिंगापुरको सामना

काठमाडौं, श्रावण ३० । एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले सिंगापुरको सामना गरिरहेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा आज बिहान टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले १ सय ४४ रनको लक्ष्य दिएको छ ।
निर्धारित ४० ओभरमा नेपालले ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको हो । नेपालका कप्तान सुमित महर्जनले ४१ रन बनाएका हुन् भने प्रनित थापाले ३२ रन जोडे । बलिङतर्फ सिंगापुरका ए उछिलले तीन विकेट लिए ।
यसअघि नेपालले पहिलो खेलमा हिजो थाइल्याण्डलाई १० विकेटले हराएको थियो । प्रतियोगितामा नेपालसँगै थाइल्याण्ड, सिंगापुर, मलेसिया, बहराइन र ओमान सहभागी छन् । IMAGEKHABAR