अस्ट्रेलियामा रहेका छोराको जन्मदीन मानवसेवा आश्रममा

अस्ट्रेलियामा बस्दैआएका दिबेश जोशीको जन्मदिन उनका परिवार तथा आफन्तले मानवसेवा आश्रममा मनाएका छन ।
दिबेशका बुबा दिलिस जोशी, आमा बिन्दु जोशी, ठुलोबुबा केन्द्र गोविन्द जोशि तथा दाई दिविस जोशीले उनको जन्मदिन आश्रममा सहयोग गरेर मनाउनु भएको हो । 
जन्मदिनको अवसरमा दिबेशका बुवा दिबेश जोशीले आश्रममा १ बोरा चामल, ५ केजी मैदा, १० केजी दाल, १० केजी चिनी र सब्जी पाँच केजी वितरण गर्नुभएको हो । 
सवैमा यस किसीमको भावना हुने र आफ्नो सानो सानो खुसियालि यसरीनै सामाजिक सेवा गरेर मनाउने हो भने हामिले आफ्नो देश बनाउन अरुको मुख ताक्न नपर्ने बताउदै समाजमा रहेका कुरीतिलाई हटाउदै यस्ता सुरीतिलाई बढवा दिनु आवश्यक रहेको बताउनु भयो ।