मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

मलेसियामा सम्पन्न एसीसी यु-१६ प्रिमियर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
एसीसीको १६ वर्षे उमेर समूहमा नेपालको यो पहिलो उपाधि हो । यसअघि एसीसी यु-१६ एलिट कपको नामले दुईपटक भएको प्रतियोगितामा नेपाल दुबैपटक फाइनलमा पराजित भएको थियो ।
यसपटकदेखि एसीसीले प्रिमियर लिगको नाममा प्रतियोगिता खेलाएको हो । समूहमा लगातार ४ खेल जितेको नेपालले अन्तिम खेलमा आज मलेसियालाई ३२ रनले हराएको हो ।
खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर एक सय ६१ रन बनायो । नेपालको लागि पवन सर्राफले २६ बलमा सर्वाधिक ४४ रन बनाए । यसैगरी, रविन्द्रजंग शाहीले ३४ रनको योगदान दिए ।
जवाफमा १ सय ६२ रनको लक्ष्य पछ्याएको मलेसिया ३७औं ओभरमा १ सय २९ रनमै समेटिएपछि नेपालले उपाधि जितेको हो । खेलमा नेपालका पवन सर्राफ म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा नेपालका अनिल खरेल