आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं, भाद्र १३ । शिव-पार्वती पुत्र गणेशको जन्मोत्सवका रुपमा आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ । गणेश चतुर्थीका दिन काठमाडौंमा रहेका मरु गणेशस्थानमा विशेष पुजन हुने गर्छ ।
यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी, फलफूललगायत प्रसादको रुपमा चढाउने चलन छ ।
आज राति चन्द्रमालाई हेरेमा चोरीको मिथ्या दोष लाग्छ भन्ने मान्यता रहिआएको छ । IMAGEKHABAR