पर्वतको कुश्मामा भीरबाट खसेर एकजना शिक्षकको मृत्यु

पर्वत, भाद्र १७ । पर्वतको कुश्मामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । घाँस काट्न तारेभीरमा गएका कुश्मा नगरपालिका वडा नंम्बर ७ दुर्लुङका टीकाराम शर्माको भीरबाट लडेर मृत्यु भएको हो ।
घाँस काट्दा काट्दै हसियासहित भीरबाट लडेका शर्मालाई हसियाले काटेको र घाउबाट अत्याधिक रक्तश्राव भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेल स्थानीय काफलचौर उच्च माविका शिक्षक हुन् । IMAGEKHABAR