सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने

सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने फिफाका सदस्य थियो ज्वान्जिगर दाबी गरेका छन्। ज्वान्जिगरका अनुसार कतारमा हुने विश्वकप अन्यत्रै सारिनेछ। रोयटर्सले ती फिफा सदस्यलाई उद्धृत गर्दै भीषण गर्मीका कारण कतारको विश्वकप रद्द भएको उल्लेख गरेको छ।
यसअघि कतारमा विश्वकप आयोजना दिने निर्णय गर्ने क्रममा ठूलो घोटाला भएको सार्वजनिक भएको थियो। कतारले विश्वकपको तयारीमा करोडौँ डलर खर्च गरिसकेको छ।
फिफाले यसबारे आधिकारिक रुपमा भने केही भनेको छैन। AGENCIES