बडादसैं सुरु ! घरघरमा देवी दूर्गाको पूजा-आराधना र प्रार्थना

काठमाडौं, आश्विन ९ । आजबाट यस वर्षको बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दूर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसदिन घरघरमा जमरा राखिन्छ र घटकलशको स्थापना गरी देवी