पूर्वको पर्यटकीय क्षेत्र भेडेटारमा चङ्गाचेट उत्सव सुरु भएको छ । विराट पर्यटन विकास समितिका डिल्लीराम अधिकारीले उत्सवको उद्घाटन गरे ।
दुईदिनसम्म लाग्ने उत्सवको पहिलो दिन सांगीतिक कार्यक्रमसमेत गरियो । विहानको १० बजे सुरु हुने भनिए पनि पानी र बादल लागेका कारण अपरान्ह ३ बजेमात्रै उत्सव सुरु भएको हो ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वमा पहिलो पटक चङ्गाचेट कार्यक्रम गरिएको हो ।