इन्छन(दक्षिण कोरिया), आश्विन ११ । इन्छन एसियाडमा नेपाली क्रिकेट टिमले कुवेतमाथि ९ विकेटको जित हात पारेको छ । कोरिया आएको नेपाली टोलीलाई यस जितले हारको पिडामा मलम लगाउने काम गरेको छ ।
शनिबार भएको प्रतिस्पर्धामा टस जितेर पहिले ब्याटिङ्ग गरेको कुवेतले निर्धारित २० ओभरको खेलम १३ ओभर २ बलमै अल आउट हुंदै मात्र २० रन जोड्यो । कसिलो बलिङ्ग गर्ने क्रममा बशन्त रेग्मीले एक रन खर्चेर ३ तथा सोमपाल कामीले ४ रन खर्चेर ३ विकेटनै लिए ।
त्यसै गरि सागर पुनले ७ रन खर्चेर २ विकेट चट्काए । जवाफमा नेपालले २ ओभर ५ बलमा १ विकेट गुमाउंदै जित हासिल ग