काठमाडौं, आश्विन १९ । मान्यजनबाट जमरा र आशिर्वाद ग्रहण गरी आइतबार (आज) पनि बडादसैंको टीका लगाइँदैछ । हिन्दू धर्मावलम्बीहरुबीच टीका लगाउनेक्रम पूर्णिमासम्मै चल्ने गर्दछ ।
घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गा भवानीको पूजा-आराधना गरिएको टीकाप्रसाद विजयादशमीका दिनदेखि अग्रजको हातबाट थापेर आशिर्वाद लिने परम्परा छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।
योक्रम दशमीको टीकाका दिनदेखि पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ । IMAGEKHABAR