बलिउडका चर्चित अभिनेता अमिर खान काठमाडौंमा

Aamir_khanकाठमाडौं । बलिउडका चर्चित अभिनेता अमिर खान मंगलबार काठमाडौं आएका छन् ।

आमिर दुई दिने नेपाल भ्रमणका क्रमममा मंगलबार अपरान्ह जेट एयरवेजको विमानबाट ६ सुरक्षाकर्मीसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।


यूनिसेफका सद्भावना दूत समेत रहेका उनी भोलि लुम्बिनी भ्रमणमा जाने छन् ।
यूनिसेफले सञ्चालन गरेको पोषणसम्वन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलबस्तु जाने छन् ।


उनले कपिलबस्तुको पाकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंमसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका अबलोकन गर्नेछन् ।
यसअघि सेलेना गोमेज यूनिसेफको निन्तोमा नेपाल भ्रमणमा आएकी थिइन् । ONLINEKHABAR