काठमाडौं, कार्तिक ६ । मलेसियामा विहीबारदेखि सुरु भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ । आफूभन्दा कमजोर टिम युगान्डासँग २० रनले पराजित भएसँगै विश्वकपको छनोट चरण खेलेको नेपाललाई डिभिजन टुमा पुग्नका लागि दबाब बढेको छ ।
किन्रारा ओभल मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्नेक्रममा युगान्डालाई २ सय ३ रनमा रोक्यो । कुनै समय २३ रन जोड्दा ५ विकेट गुमाइसकेको युगान्डाको लागि ८ विकेटको क्षतिमा सो योगफल जोड्नेक्रममा फो मुकोबले सर्वाधिक ८४ रन जोडे ।
नेपालका कप्तान पारस खड्काले ३ तथा सोमपाल कामी र बसन्त रेग्मीले २



