मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा नेपालले तेस्रो जित हासिल

कार्तिक ११ । मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा नेपालले तेस्रो जित हासिल गरेको छ । चौथो खेलमा नेपालले अमेरिकामाथि १० रनको जित निकाल्यो ।
खेलमा अमेरिकाले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा दुई सय २३ रन बनायो । अघिल्लो दिनको तुलनामा सुधारोन्मुख ब्याटिङ गरेको अमेरिकाका लागि फहाद बाबरले ५९ रन जोडे ।
नेपालका लागि पाका खेलाडी शक्ति गौचनले ३९ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी, सागर पुन र बसन्त रेग्मीले समान २