प्रेमनारायण आचार्य
अर्घाखाँची २१ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका आज एक कार्यक्रमका बिच खुल्ला दिसामुक्त,पुर्ण खोपयुक्त र पुर्ण साक्षार नगरपालिका घोषणा भएको छ ।
र्यालीमा बिद्यार्थी: सन्धिखर्क नगरपालिका एक कार्यक्रमका बिच खुल्ला दिसामुक्त,पुर्ण खोपयुक्त र पुर्ण साक्षार नगरपालिका घोषणा हुनु अघि र्यालीमासहभागी जिल्ला ब्युटीसियनको टोली तथा बिद्यार्थीहरु । तस्बीर: प्रेमनारायण आचार्य, अर्घाखाँचीडट्कम
सन्धिखर्कको शान्ती बगैचामा आज एक कार्यक्रमका बिच संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयका सचिब डा. सोमनाथ सुबेदीले नगरपालिकालाई खुल्ला दिसामुक्त,पुर्ण खोपयुक्त र पुर्ण साक्षार नगरपालिका घोषणा गर्नु भएको हो ।
नेपालका नगरपालिका मध्ये खुल्ला दिसामुक्त,पुर्ण खोपयुक्त र पुर्ण साक्षार एकै पटक घोषणा हुनेमा सन्धिखर्क पहिलो नगरपालिका हुन सफल भएको सरसफाइको क्षेत्रमा काम गरिरहेको सस्था प्रकास सचेतन समुह प्रागका सचिब प्रेमनारायण गैरेले बताए ।
कार्यक्रम सुरु हुनु अघि पञ्चे बाजाका साथ बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले तथा केहि संघ सस्थाहरु सम्मिलित र्यालीले बजार परिक्रमा गरेको थियो ।
नगरपालिका भित्र रहेका सबै घरधुरीमा तथा सार्बजनिक स्थानमा सुरक्षति चर्पी निर्माण भए संगै खुल्ला दिसामुक्त नगरपािलका, सबै बालबच्चाले खोपको मात्रा पुरा गरेको र सबै नगरबासिहरु साक्षार भएको अनुगमनबाट पास भएपछि नगरपालिकालाइ देसकै नमुना नगरपालिका बनाउन खुल्ला दिसामुक्त,पुर्ण खोपयुक्त र पुर्ण साक्षार नगरपालिका एकै पटक घोषणा गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।