आफ्नै निवासमा मृत अवस्थामा भेटिए नेपाली म्यूजिक भिडियो तथा चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङ

काठमाडौं, कार्तिक २१ । आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका नेपाली म्यूजिक भिडियो तथा चलचित्रका चर्चित निर्देशक आलोक नेम्वाङको शवमा अन्तिम श्रद्धान्जली गरिएको छ । निर्देशक नेम्वाङलाई अन्तिम श्रदान्जली दिन काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत नेपाली कलाकारहरु पुगेका थिए ।
श्रद्धान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा आजै अन्त्येष्टी गरिएको छ ।
भुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले