बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला सुरु

काठमाडौं, मंसिर १- बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला सुरु भएको छ  । विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला मंसिर महिनाभर चल्नेछ ।
मेलाको मुख्य बलि मंसिर १२ र १३ गते परेको छ । मंसिर १२ गते राँगा र १३ गते बोका, सेतो मुसा, हाँस, परेवा  लगायतको बलि चढाइने गढीमाइ मन्दिर सन्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताउनुभयो ।  
मंसिर ११ गते मध्यरातमा गढीमाई मन्दिरमा सेतो मुसा, सुङगुर, कुखुरा, बोका र परेवाको पञ्चबलि दिएरबलिको शुरुवात हुने मन्दिरका पुजारी मंगल चौधरीले बताउनुभयो । यो वर्ष राँगाको बलि तोकिएको स्थानमा मात्रै र अन्य पशुपंक्षीको बलि मेलास्थल प्रवेश गरेपछि लगाइएको घेरा भित्र हुने समितिले जनाएको छ । बलि रोक्न बिभिन्न अभियान चलाइएपनि बलिको तयारी भैरहेको हो ।
मेलास्थलका विभिन्न चार ठाउँमा एक दिनमा झण्डै १५ हजार दर्शनार्थीहरु बास बस्ने सक्ने गरि निःशुल्क बासस्थलको प्रबन्ध मिलाइएको समितिका सचिव कुशवाहाले जानकारी दिनु भयो । यस्तै मेला स्थलमा खानेपानीको लागि तीन सयवटा चापाकल र ४० स्थानमा शौचालय निर्माण गरिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराले जनाएको छ ।
यस्तै दर्शनार्थी र भक्तजनहरुको सुरक्षा र सहजताका लागि मेलास्थलमा प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ रेग्मीको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि ११ सय जना सुरक्षाकर्मी र  एक सय ५० जना ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।
मेला स्थलभित्र खानेपानी, विद्युत, शौचालय, सुरक्षा लगायतको जिम्मा सम्बन्धित सरकारी निकायहरूलाई नै दिइएको समितिले जनाएको छ । मेलामा व्यापार