पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश

पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा बंगलादेशलाई १-० ले पराजित गर्दै नेपालले फाइनलमा ठाउँ पक्का गरेको हो ।
बुधबार भएको खेलको ५५औं मिनेटमा निरु थापालाई बंगलादेशी गोलकिपरले लडाएपछि पाएको पेनाल्टीलाई सजना रानाले गोलमा परिणत गरेकी हुन् । खेलमा नेपालको गोल गर्ने थुप्रै अवसरलाई बंगलादेशले विफल बनाएको थियो ।
समूहमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो भने अर्को समूहको उपविजेता बन्दै बंगलादेशले अन्तिम चारमा ठाउँ बनाएको थियो ।
अब उपाधिका लागि नेपालले फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्नेछ । भारतले सेमिफाइनलमा श्रीलंकालाई ५