भारतको उत्तर प्रदेशमा केटीहरुलाई फेसबुक, ह्वाटएप्स, इन्टरनेट, मोवाइल बोक्न र जिन्स पाइन्ट लगाउन प्रतिबन्ध

भारतको उत्तर प्रदेश राज्यको मुज्जफुर जिल्लामा रहेको शाहपुर गाउँ पञ्चायतले केटीहरुलाई फेसबुक, ह्वाटएप्स र इन्टरनेट चलाउन दिन नहुने उर्दी जारी गरेको छ।
 
मंगलवार बसेको पञ्चायतले केटीहरुलाई मोवाइल बोक्न र जिन्स पाइन्ट लगाउन पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पञ्चायतले यसो गर्नुको पछाडि युवतीहरु मोबाइल र इन्टरनेटमा गलत कुराहरु हेर्ने र बिग्रने बताएको छ। पञ्चायतको निर्णय सुनाउँदै मुखियाले फेसबुकमा हुने मित्रता प्रेममा बदलिने र त्यसरी नै टुटने भएकाले विकृति बढेकोले यस्तो निर्णय लिएको बताए।
IMAGEKHABAR