सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर बनाएको विवादास्पद हास्य फिल्म इन्टरभ्यू रिलिज गर्न अस्वीकार

सोनी पिक्चर्स कम्पनीले उत्तर कोरियाको विषयलाई समेटेर बनाएको विवादास्पद हास्य फिल्म इन्टरभ्यू रिलिज गर्न विभिन्न विकल्प खोजिरहेको जनाएको छ ।
फिल्म हलहरुले पनि यो फिल्म देखाउन अस्वीकार गरेको बताइएको छ । कम्पनीले उत्तर कोरियाले साइबर आक्रमण गरेका कारण फिल्म क्रिसमसमा रिलिज गर्ने तिथी सारेको जनाएको छ ।
तर उत्तर कोरियाले भने आरोप अस्वीकार गर्दै अमेरिकासँग यस विषयमा संयुक्त जाँचको प्रस्ताव गरेको छ । यो फिल्ममा उत्तर कोरियाली शासक किम जोङ उनको हत्याको षड्यन्त्रमा आधारित विषयबस्तु रहेको बताइएको छ ।
जसलाई लिएर निकै विवाद उत्पन्न भएको छ । उत्तर कोरियाले आफ्ना नेताको मानमर्दन गरेको भन्दै आक्रोस पोखेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिल्म रिलिज रोकेर सोनी पिक्चर्सले गल्ती गरेको भन्दै कुनै पनि तानाशाह कतै बसेर अमेरिकामा सेसरशिप लगाउन नसक्ने बताएका छन् ।
AGENCIES