नेपालगञ्जमा पौष ९ गतेदेखि सञ्चालन भएको नेपालको मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय सत्-मार्ग प्रशिक्षण वर्ग कार्यक्रम १३ गते सुसम्पन्न भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वाटरपार्क स्थित श्री शिवशङ्कर पार्वतीदेवि धर्मशाला प्राङ्गणमा सञ्चालन भएको सो कार्यक्रमको समापन पूर्वीय तथा वेदान्तदर्शनका व्याख्याता नेपाली काँग्रेसका पूर्व सभासद् एवम् विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष डा. मिठाराम विश्वकर्माबाट विशेष मार्गोद्बोधन भइ भएको छ ।
राष्ट्र