इन्टेल कम्प्युटर अर्घाखाँचीको शुभकामना आदान प्रदान कार्यक्रम: संचार क्षेत्रमा इन्टेलको योगदान प्रभावकारी

सन्धिखर्क, अर्घाखाँची पौष १७ । ११ औँ वार्षिक उत्सव तथा नव वर्ष सन् २०१५ को अवसर पारी इन्टेल कम्प्युटर अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले जिल्ला को संचारको विकासमा इन्टेल कम्प्युटर इन्ष्टिच्युटले पु-याएको योगदानको प्रशंसा गर्दै संचारको महत्व माथि प्रकाश पारेका थिए । यसरी मन्तव्य राख्नु हुनेमा घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत नवराज गौतम, नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार वि.क. किशोर, रा.प्र.पाका जिल्ला अध्यक्ष देवी ब.खड्का, पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी लगायत हुनुहुन्थ्यो । 
इन्ष्टिच्युटका म्यानेजिङ्ग डाइरेक्टर मनिष सिंहको अध्यक्षता र प्रशिक्षक बाबुराम रसाईलीको संचालनमा र शिव प्रसाद कुर्मीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा बागिना कलाकेन्द्र द्धारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो । 
कार्यक्रममा बोल्ने वक्ताहरुले कम्प्युटर इन्ष्टिच्युटको संरक्षण र सम्बद्र्धनमा सहयोग पु-याउने प्रतिबद्धता जाहेर गर्दै प्राविधिक शिक्षालाई व्यवस्थित गरेर लैजानको लागि सरकारको ध्यानाकर्षण गराएका थिए । थोरै शुल्क लिएर ठुलो काम गर्ने इन्ष्टिच्युटहरु लाई राज्यले सहयोग नगरेको समेत सहभागीको गुनासो थियो ।    
Shovakhar Panthi in Sandhikharka, Arghakhanchi, contributed to this report.