अबको देश रक्षक नेपाली देशभक्त युवा समाज

बाबु रोका मगर 
दिल्ली, हरियाणा 
“राष्ट्रिय स्वाधिनता,समानता,मातृभूमिको संरक्षेण तथा सर्बांगिण विकासका लागि युवा सहभागिता” भन्ने मूल नाराका साथ् स्थापना भएको  नेपाली देशभक्त युवा समाज मुनाफा रहित स्वतन्त्र समाज जसले आउदो २०७२ सालको दोश्रो महिनामा बिशाल महादीबेशन गर्ने तयारी गरीरहेको छ | देशलाई धार्मिक तथा जातिय संघियताको आधारमा बिभाजन गर्नेहरु प्रती घोर बिरोध गर्दै विश्वभर एक तत्र छरिएर बसेका सम्पूर्ण नेपाली देशभक्त युवाहरुलाई उक्त महादिबेशन मा सामिल भएर देश र देश भित्र रहेका शोषित पिडित जनताहरुको उजागर गर्नको निमित्त आग्रह गरेको छ |
संस्था २०७१ सालमा राजधानी काठमान्डौ मा दर्ता भएको छ भने संस्थाले विश्वका जुनसुकै देश अनी क्षेत्रमा आफ्नो कार्यक्रम स्वतन्त्र रुपमा  गर्न पाउनु पर्ने अधिकार  स्विकृति पराराष्ट्र मन्त्रालय सँग लिई सकेको संस्थापक श्री नारायण प्रसाद ढुंगाना ले अर्घाखाँची डट कमका प्रतिनिधि बाबु रोका मगर लाई जानकारी गराउनु भएको छ | उक्त संस्थाले चौथो समिति बिस्तार कार्यक्रम भारतको महाराष्ट्र राज्य अन्तर्गत नाशिक जिल्लामा सम्पन्न गरेको छ र अबको समयमा बिस्तारै नेपाल लगायत विश्वका बिभिन्न देशहरुमा पनि यो संस्थालाई चिनाउदै देश प्रती आफ्नो कर्तब्य पुरा गर्ने प्रतिबद्दता जाहेर गरेको छ |
नेपाल लाई आन्तरिक तथा बाह्य हस्तक्षेप बाट मुक्त गर्नको निम्ती सम्पूर्ण देशप्रेमी नेपाली हरुलाई समेटेर देशका लागि सकारात्मक कदम चलाउने मुख्य उदेश्य लिएको यस संस्थाको उक्त कार्यक्रममा संस्थाकै केन्द्रिय सदस्य श्री देव लामा ज्यु सभापति र संस्थाका संस्थापक श्री नारायण प्रसाद ढुंगाना ज्यु प्रमुख अथिति रहनु भयको छ |उक्त कार्यक्रम मा संस्थाका केन्द्रिय सदस्य हरु श्री रवि खड्का रोदन र श्री चन्द्र बहादुर बरुवाल ज्यु तथा क्षेत्रिय कोशध्यक्ष श्रीमती कल्पना राना ज्यु को समेत उपस्थिति रहेको थियो| 
कार्यक्रमको सुरुवातमा नेपाली राष्ट्रिय झन्डा फरफराई उद्घाटन र ज्ञात/अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन-धारण त्यसपछि नेपाली राष्ट्रिय गान संगै कार्यक्रम अघि बढेको थियो | कार्यक्रममा श्री अर्जुन साउदले स्वागत मन्तब्य साथै श्री रामलाल जोशी,श्री रामचन्द्र तिमिल्सेना,श्री नबिन गुरुङ,श्री प्रकाश धामी,श्री दीपेन्द्र बिस्ट बिवस लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो भने श्री रवि खड्का रोदन ज्युले उद्घघोषण गर्नु भएको थियो | यसरि सम्पन्न भएको सो कार्यक्रममा महारास्ट्र क्षेत्रिय समितिका लागि १३ सदस्यीय समिति गठन भएको थियो |
 
संस्थाका सबै सदस्यहरुले कार्यक्रम राम्रो सँग सफल भएको खुशीमा एक आपासमा हार्दिक बधाई तथा आगामी कार्यकालको लागि हार्दिक शुभकामना आदान प्रदान गर्नु भएको थियो |
“जय जन्मभूमि जय देशभक्त युवा” 
नेपाली देशभक्त युवा समाज केन्द्रिय परिवार 
काठमाडौं १४,(नेपाल)