बुटवल, १८ पुस । ईस्लाम धर्म गुरु पैगम्बर हजरत महम्द मुस्ताफाको १४८९ औं शुभ जन्मोत्सव को अवसरमा मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् बुटवल-७ विकास पथले देवदह नगरपालिकामा रहेको मायाँदेवी अनाथ आश्रममा खाद्यान्न वितरण गरेको छ भने बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा फर्निचर वितरण गरेको छ ।
मुल समिति संयोजक सकुर मियाँको संयोजकत्वमा भएको कार्यक्रममा परिषद्ले मायाँदेवी अनाथ आश्रममा करिव २५ हजार बराबरको खाद्यान्न वितरण गरेको हो । परिषद्का अध्यक्ष अहमद् अलीको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रममा परिषद्का संरक्षक जमाल मिया, आश्रमकी अध्यक्ष अम्बिका प्यासी, परिषद्का उपाध्यक्ष मनि उल्लाह, सचिव अनुरबक्स मियाँ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै आश्रमका सञ्चालक शंकर प्यासीले आश्रममा गरिब, विपन्न र द्वन्द्वपिडीत गरी कुल २२ जना बालबालिहरु रहेको र यसको लागि विभिन्न संघ संस्थाहरुले सहयोगबाट नै आश्रम सञ्चालन भईरहेको बताएका थिए । कार्यक्रममा बोल्दै परिषद्का संरक्षक जमाल मियाले आगामी दिनमा पनि आश्रमलाई सहयोग प्रदान गर्दै जाने प्रतिवद्वता जनाएका थिए । उनले भने