काठमाडौं, माघ १ । आज माघे संक्रान्ति पर्व । मुलुकभर नदी, दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदैछ ।
थारु समुदायले भने यो पर्वलाई माघी पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । आजको दिन थारु समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।
यस्तै, यो पर्वलाई नेवार, मगरलगायतका अन्य समुदायले पनि विशेष रुपमा मनाउने गर्छन् ।
ज्योतिषशास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई