नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष तारणीविक्रम शाहको ८४ वर्षको उमेरमा निधन

काठमाडौं, माघ १२ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष तारणीविक्रम शाहको ८४ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । लामो समयदेखि फोक्सोको संक्रमणबाट ग्रस्त शाहको आइतबार राति ११ बजेतिर काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ईमेजखबरमा समाचार छ । झन्डै ५ दशकदेखि नेपाली क्रिकेटमा सक्रिय शाह पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष थिए । क्यानका अध्यक्ष टंक आङ्बुहाङलगायतका १० जना पदाधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर्‍याउँदै अख्तियारले निलम्बन गरेपछि शाह कार्यबाहक अध्यक्ष बनेका थिए ।
व्यापारिक पृष्ठभूमिका शाहले यसअघि पनि क्यानका विभिन्न पदमा रहेर सेवा गरेका थिए ।
स्वर्गीय टिबी शाहका दुई छोरी छन् । छोरीहरु बेलायतमा भएकाले शाहको पार्थीव शरीर श्रद्धान्जलीका लागि मंगलबार (भोलि) मात्रै राखिने बुझिएको छ ।