८ वर्षीय बालक सौगात विष्टले विश्वमा सबैभन्दा कम उमेरका निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाए

८ वर्षीय बालक सौगात विष्टले व्यावसायिक कथानक फिल्म निर्देशन गर्ने विश्वमा सबैभन्दा कम उमेरका निर्देशकका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका छन्। उनले निर्देशन गरेको फिल्म लभ यु बाबा गत मंसिरमा रिलिज भएको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डसले उनलाई योङगेस्ट फिल्म डाईरेक्टर घोषणा गरेको छ।
सेतोपाटीमा समाचार छ। यसअघि यो रेकर्ड भारतका कोशन श्रीकान्तको नाममा थियो। उनले ९ वर्षको उमेरमा