नायक शाहरुख खानले सञ्चालन गर्न लागेको एक टलिभिजन सोमा कमेडियन कपिल शर्मालाई पाहुना बन्न गरेको प्रस्तावलाई कपिलले अस्वीकार गरेका छन्।
बलिउड लाइफ डटकमका अनुसार मार्च २ बाट प्रसारण हुने खानको नयाँ कार्यक्रम इण्डिया पुछेगा सबसे साना कौन कार्यक्रममा उनले कपिललाई गेस्ट बनाउन चाहेका थिए।
तर कलर्स टेलिभिजनमा ‘कमेडी नाइट विथ कपिल’ सञ्चालन गरिरहेका कपिललाई टिभीले अन्य कार्यक्रममा सहभागी नहुन भनेकाले प्रस्ताव अस्वीकार गरेको बताइएको छ।
कलर्स टेलिभिजनले भने च्यानलले कपिललाई कुनै रोकतोक नलगाएको बताएको छ।
सेतोपाटीले अन्लाईनमा समाचार प्रकासित गरेको छ ।