हिन्दूराष्ट्रको लागि मोर्चाको मोटरसाइकल र्याली

शुक्रवार काठमाडौंमा प्रशासनलाई समेत विना सूचना आकस्मिक रूपमा हजारौंको सँख्यामा मोटरसाईकल र्याली निस्क्यो । संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्मा आफैले नेतृत्त्व गरेको सो र्याली बाफलचोकबाट निस्केर कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली हुँदै केही समय नयाँ बानेश्वरको निषेधाज्ञा रेखामा पुगेर अडिएको थियो । केहीसमय पछि प्रहरीको पहरामा सो र्यालीलाई तीनकुने पुर्याइएको थियो । 
शुरुमा र्याली कलंकी पुग्दा केको भिड हो प्रहरी नै अक्क न बक्क परेको थियो । ठूलो भीड देखेपछि कलंकीबाट प्रहरीको एउटा भ्यान पछि लाग्यो । र्याली ठूलो भएको हुनाले सडकको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनपुगेको थियो । ॐकारको झण्डा र राष्ट्रिय झण्डामात्रै लिएर निस्केको सो र्यालीका सहभागीहरू सडकमा अन्य सवारीसाधनसँगै अघि बढेका थिए जसले गर्दा कोही कालिमाटी पुगिसकेका थिए भने कोही कलंकीतिरै थिए, लामो लस्कर रहेकोले प्रहरीले के हो भन्ने नै ठम्याउन सकेको थिएन । कालिमाटीबाट अर्को प्रहरीको भ्यान पछि लाग्यो यसै गरी त्रिपुरेश्वर हुँदै नयाँ बानेश्वर पुग्दा र्यालीलाई पहरा दिन चारवटा प्रहरी भ्यानलाई भ्याइनभ्याई थियो । 
र्यालीको अवस्थालाई हेर्दा यस्तो लाग्थ्यो