रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक पूजा-आराधना गरी मनाइँदै

काठमाडौं, जनकपुर  । चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्व आज (शनिबार) देशभर श्रद्धा र भक्तिपूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ । आज काठमाडौंँको बतिसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्तीथत रामजानकीको मन्दिरमा मेला भर्न भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आजकै दिन भगवान श्रीरामको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुन्डमा स्नानका साथै रामगीता पाठ, रामायण वाचन गर्ने र रामको पूजा