बलिउड अभिनेता अमिताभ बच्चनलाई पद्भ विभूषण सम्मान प्रदान गरे

नयाँ दिल्ली – बलिउड अभिनेता अमिताभ बच्चनलाई त्यहाँका राष्ट्रपति प्रणव मुखर्जीले बुधबार पद्भ विभूषण सम्मान प्रदान गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रपति भवनमा भएको समारोहमा थुप्रै अतिथिहरु उपस्थित थिए । तीमध्ये पनि विशेष थिए, बच्चनकी पत्नी जया, छोरा अभिषेक, छोरी स्वेता र बुहारी ऐश्वर्या । 
यसै साता अभिनेत्री शबाना आजमीको एनजिओले आयोजना गरेको र्‍याम्प सोमा पनि बच्चन परिवारले सँगै ‘क्याटवाक’ गरेको थियो । त्यो ‘सो’ मा शत्रुघन सिन्हा, जावेद अख्तर र अनिल कपुरले पनि आफ्ना कलाकार सन्तान क्रमश:साेनाक्षी सिन्हा, फरहान अख्तर र साेनम कपुरका साथ वाक गरेका थिए । 
amithav
ईकन्तिपुरमा समाचार छ ।