पुरानो भाकाकी संकलक तथा लोकगायिका बदसरा पराजुलीको निधन
बैशाख १ गते, २०७२ मा प्रकाशित
पुरानो भाकाकी संकलक तथा लोकगायिका बदसरा पराजुलीको निधन भएको छ। उनको ८१ वर्षको उमेरमा सोमबार साझँ पोखरा ७ मासबारको घरमै निधन भएको हो। पछिल्लो समय क्यन्सर रोगबाट पीडित पराजुलीको उपचार कै क्रममा निधन भएको हो।
भरतपुर क्यान्सर अस्पतालमा केही समय पहिले उपचार गरि घर मै औषधी सेवन गरिरहेकी पराजुलीको पाठेघरको क्यान्सरले मृत्यु भएको परिवारले जानकारी दिएका छन्। बदसराले पृुरानो तिजको गित हम्काइलो र तीज गितका पुराना गीतहरुको संकलन र आफैले गाएर एल्वम समेत बजारमा ल्याएकी थिइन्। उनले ८० वर्षको उमेरमा गीती एल्वम निकालेकी थिइन्।
तिर्थ वर्त दानपुन्य धेरै गरिन् आमाले
खुसी भए पुत्र पनि दिए रामले
कति दुःख गरे मैले छोरो भयो लेक्चर
अहिले भन्छे बुहारीले तेरो के छ र
तिम्रो पनि आउँछ पालो बस्नु पर्छ बुढो भै
बाउ आमालाई कसैले नि दुःख नदेउ है ।
र हम्काइलो लगाएतका गीत चर्चामा छन्।
उनका दुई छोरा र ४ छोरी छन्। पराजुलीको मंगलबार पोखराको सेती नदिमा दाहासंस्कार गर्ने परिवारले जानकारी दिएको छ । सेतोपाटीमा समाचार छ ।